PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'नेकपा' कसको ? : सर्वोच्चमा लम्बियो फैसला, संसद बैठक सुरु भएपछि निर्णय हुनसक्ने



पहिलोपोस्ट

'नेकपा' कसको ? : सर्वोच्चमा लम्बियो फैसला, संसद बैठक सुरु भएपछि निर्णय हुनसक्ने

काठमाडौं : सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवाद मुद्दाको फैसला लम्बिएको छ।

मुद्दामा सुनुवाइ सकिएर बिहीवार (आज)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएकोमा सरेको हो।

पूर्वप्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनमा बिहीवार सर्वोच्चसहित सबै अदालतमा शोक विदा भएकाले निसु सरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

उनका अनुसार भोलि शुक्रवार वा जुनसुकै दिन अर्को निसु तोकिन सक्छ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन १३ गते सुनुवाइ सकेर आज २० गतेका लागि निसु तोकेको थियो।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको थियो। लगत्तै ऋषि कट्टेलले नेकपा नाममा दावी गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए।

नेकपाका नेताहरु भने सर्वोच्चको फैसला अब आइतवार संसद बैठक बसेपछि आउन सक्ने अनुमान गर्छन्। नामको विवाद अहिले सबैको चासोको विषय बनेको छ।

नेकपा ओली समूहमा भने नेकपा खारेज गरिदिए उदाउँदो सूर्य अगाडि बढाउन सकिने चर्चा चुलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell