PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह



पहिलोपोस्ट

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको लागि प्रचण्ड- नेपाल समूह आयोग जान लागेको हो।

प्रचण्ड- माधव सहित समूहमा भएका संसद तथा केन्द्रीय सदस्यहरु आफ्नो नागरिकता र हस्ताक्षर सहितको कागजपत्र लिएर आयोग जान लागेका हुन्।

व्यवहारिक रुपले विभाजित भइसकेका ओली र प्रचण्ड माधव समूह आधिकारिकताका लागि निर्वाचन आयोगलाई पर्खिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell