PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अर्थतन्त्र ऋणात्मक दिशामा, चालु वर्षको पहिलो त्रैमासमा ४.६% को संकुचन, गत वर्ष पनि ऋणात्मक



पहिलोपोस्ट

अर्थतन्त्र ऋणात्मक दिशामा, चालु वर्षको पहिलो त्रैमासमा ४.६% को संकुचन, गत वर्ष पनि ऋणात्मक

काठमाडौंः कोभिडले आर्थिक गतिविधिहरु सुस्त हुँदा अर्थतन्त्रमा परेको असरको आँकडा सरकारले लामो समयसम्म लुकाए पनि तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकले यो ऋणात्मक रहेको देखाएको छ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ४.६% ले खुम्चिएको  छ। साथै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि अर्थतन्त्रको आकारमा २% ले संकुचन आएको थियो।

कोरोना महामारीको तीव्रतासँगै पोहोर चैतपछि करिब ६ महिना देशव्यापी लकडाउन भएपनि यसको सोझो असर अर्थ-सामाजिक क्षेत्रमा क्रियाकलापमा परेको थियो। यसको अर्थतन्त्रको चित्रमा ल्याएको बदलावलाई आँकडामा लेखाजोखा गरेको विभागको तथ्यांकले अघिल्लो आवको चौथो त्रैमासमा अर्थतन्त्रमा १५.४ प्रतिशतको संकुचन भएको देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell