PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रचण्ड- माधव समूहको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित



पहिलोपोस्ट

प्रचण्ड- माधव समूहको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको आज निर्वाचन आयोग जाने कायक्रम स्थगित गरिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एकाएक कार्यक्रम स्थगित गरिएको एक नेताले जानकारी दिए। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको लागि प्रचण्ड- नेपाल समूह आयोग जान लागेको थियो।

प्रचण्ड- माधव सहित समूहमा भएका संसद तथा केन्द्रीय सदस्यहरु आफ्नो नागरिकता र हस्ताक्षर सहितको कागजपत्र समेत संकलन गरिसकेका थिए। अहिले परिसडाँडामा प्रदेशका सांसद, केन्द्रीय सदस्य, नेताहरुसँग  छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell