PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्वाचन आयोग र संसद सचिवालय जाँदै प्रचण्ड-नेपाल समूह, 'ओलीलाई ह्वीप जारी गर्ने अधिकार छैन '



निर्वाचन आयोग र संसद सचिवालय जाँदै प्रचण्ड-नेपाल समूह, 'ओलीलाई ह्वीप जारी गर्ने अधिकार छैन '

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको आज निर्वाचन आयोग र संसद सचिवालय जाने भएका छन्।

पेरिसडाँडामा आफ्ना सांसदहरुको बैठकले एउटा टोली निर्वाचन आयोग र अर्को संसद सचिवालय जाने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए। टोलीले बुधवार केन्द्रीय कमिटीले गरेको निर्णय बारे आयोग र सचिवालयलाई जानकारी दिने उनले बताए। बुधवारको बैठकले ओली समूहका नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार : ओली समूहका ७ नेतामाथि कारबाही, 'कम्फर्टेबल सरकार'बारे प्रचण्डको स्पष्टीकरण : सत्ता समीकरण र अविश्वासको प्रस्तावबारे के भयो निर्णय?

पाण्डेले प्रतिनिधिसभा बैठक बोलाइएको दिन नै अविश्वासको प्रस्ताव प्रस्तुत हुन सक्ने सम्भावना रहेको समेत बताए। त्यसबारे अरु दलसँग सहकार्य गरेरमात्रे अघि बढ्ने उनले बताए।

'कांग्रेस र जसपा अर्को पक्षमा लाग्नै सक्दैनन। उहाँहरु प्रतिगमनका मतियार हुनुहुन्न। सचेत हुनुहुन्छ' उनले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओली गरेका काम बैध भएको उनलाई पार्टीले हटाइसकेको भन्दै भने, 'नेकपाको सदस्य नभएका केपी ओलीले ह्वीप जारी गर्न सक्दैनन्।'

आफूहरुसँग बहुमत भएको दाबी गर्दै उनले आफ्नो पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकाल्न सक्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell