PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

झम्सिखेलमाथि श्री भगवतीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

झम्सिखेलमाथि श्री भगवतीको संघर्षपूर्ण जित
तस्बिर: एन्फा

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युवा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवतीले ३-२ गोलअन्तरको जित निकालेको हो।

झम्सिखेलका डिफेण्डर सुनिल शाहीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको श्री भगवतीसँग ३२ औं मिनेटमा झम्सिखेलका मदन स्याङतानले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नवराज गुरुङले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए। उता झम्सिखेलका अनिस चौधरीले ७० औं मिनेटमा खेल बराबरीमा त ल्याए तर ८४ औं मिनेटमा श्री भगवतीका मोहनबाहदुर थापामगरले गोल फर्काउँदै खेल ३-२ ले आफ्नो पक्षमा पारे।

जितसँगै श्री भगवती क्लबले ९ खेलबाट ९ अंक नै जोडेर तालिकाको ८ औं स्थानमा उक्लिएको छ भने झम्सिखेलले ९ खेलबाट ६ अंक जोडेर ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell