PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

डोटीको बुडर बजार नजिकै एक शिक्षक मृत फेला



रासस

डोटीको बुडर बजार नजिकै एक शिक्षक मृत फेला

डोटी : डोटीको जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृतावस्थामा फेला परेका छन्।

उनका अनुसार घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए। मृतक शिक्षकका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको हत्या गरिएको हुनसक्ने आशंका रहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell