PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दुई वर्षपछि हट्यो विप्लवको पार्टीमाथिको प्रतिबन्ध, सहमति अनुमोदन



पहिलोपोस्ट

दुई वर्षपछि हट्यो विप्लवको पार्टीमाथिको प्रतिबन्ध, सहमति अनुमोदन

काठमाडौँः शान्तिपूर्ण राजनीतिमा आउने सहमतिसँगै सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

स्थायी समिति सदस्य सुवास नेम्वाङ प्रतिबन्ध हटाउने निर्णय भएको जानकारी दिए।

यस्तै, बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको सहमतिलाई अनुमोदन समेत गरेको छ। उक्त सहमति शुक्रबार सार्वजनिक गरिँदैछ।

२०७५ फागुन अन्तिम साता विप्लवको दलमाथि सरकारले प्रतिबन्ध लगाएको थियो। गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको जस्ता आरोप लगाएर प्रतिबन्ध लगाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell