PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस पदाधिकारी बैठकमा बनेन साझा धारणा, 'गोलपोस्टभित्रै गोल गर्नेगरि ठिक ढंगले राख्छौँ'



पहिलोपोस्ट

कांग्रेस पदाधिकारी बैठकमा बनेन साझा धारणा, 'गोलपोस्टभित्रै गोल गर्नेगरि ठिक ढंगले राख्छौँ'

काठमाडौँः नेपाली कांग्रेसले वर्तमान राजनीतिक विषयमा साझा धारणा तय गर्न बिहीबार पदाधिकारीको बैठक डाकेको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरे पनि साझा धारणा भने बनाउन सकेन।

कांग्रेसभित्र पुनर्स्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत छ। सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुनेगरि परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छन् भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ।

अब कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा कुर्ने भएको छ। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनीतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए।

'बैठकमा साझा धारणा बनाउने र ठीक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ। समयमा ठिक ठंगले निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ। अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौँ। तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरुको धारणाका साथ गर्छौं,' प्रवक्ता शर्माले भने, 'अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौँ कि अगुवाइ नै गरेर जान्छौँ भन्ने कुरा। कांग्रेसले अपरिपक्को रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्यनजर गरी निर्णय गर्छ। गोलपोस्टभित्रै गोल गर्नेगरि ठिक ढंगले राख्छौँ। पोलबाहिर गोल जान दिदैनौँ। भोलि संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठिक समयमा ठिक निर्णय गर्छ।'

कांग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार नै नेकपा प्रचण्ड माधव समूहले नेपाली कांग्रेसका पदाधिकारीसँग छलफल गर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell