PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

कञ्चनपुरस्थित नेपाल-भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु



एम बम

कञ्चनपुरस्थित नेपाल-भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

कैलाली : कञ्चनपुरस्थित नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएका छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र तस्करबीच दोहोरो भिडन्त भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। उनको पहिचान भने खुलिसकेको छैन।

मृतकको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell