PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्थानीयले भत्काईदिए अर्थमन्त्री सहभागी हुने कार्यक्रमको मञ्च



पहिलोपोस्ट

स्थानीयले भत्काईदिए अर्थमन्त्री सहभागी हुने कार्यक्रमको मञ्च

बुटवल : अर्थमन्त्री विष्णु पौडेल गृहजिल्ला आएसँगै शिलान्यास र उद्घाटनमा व्यस्त हुन्छन्। बिहीवार तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन गरेका अर्थमन्त्रीको शुक्रवारको लागि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमको लागि निर्माण भइरहेको मञ्च स्थानीयले फालेका हुन्।

मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको क्रममा आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट मोतिपुरका स्थानीयले मञ्च भत्काइदिएका हुन्। करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र (करिडोर) बनाउने तयारी गरिएको छ।

बुटवल औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका अनुसार करिव २ सय जनाको हाराहारीमा आएका स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मन्च र स्तम्भ भत्काइदिएका थिए।

‘हामीले कार्यक्रमका लागि तयारी गरिरहेका थियौं अचानक एउटा समूह आएर हुल हुज्जजत गरेर भत्काई दिए। कर्मचारी टेण्ट निर्माण गरिरहेका कामदारलाई लखेट्ने काम भयो,’ अधिकारीले भने।

यसैबीच, मोतिपुर क्षेत्रका स्थानीयले कार्यक्रम शुरु गरेपनि अवरोध गर्ने चेतवानी दिँदै आएका छन्। कालोझण्डा देखाउनेदेखि विभिन्न विरोधका कार्यक्रमहरु रहेको संघर्ष समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell