PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ



पहिलोपोस्ट

अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जना पक्राउ

काठमाडौं : अवैध क्यासिनो सञ्चालन गर्ने ४ जनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ समेत बरामद गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी परिचालन गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा क्यासिनो सञ्चालक काठमाडौं-२२ का ६२ वर्षीय महेश मल्ल (मेनेजर), सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ९ घर हुने ५२ वर्षीय कमल देव चौधरी (सहायक मेनेजर), सर्लाहीको बरथहवा-४ घर भएका २३ वर्षीय अजय यादव (एडमिन स्टाफ) र सर्लाहीकै वरथहवा-११ घर हुने ४१ वर्षीय सचिन वाग्ले (क्यासियर) रहेका छन्।

त्यस्तै, जुवा खेल्नेहरु भारतको बिहार मोतिहारी घर हुने वर्ष ३८ का रंजित कुमार जैसवाल, सोही ठाउँका वर्ष ३५ का सोहन प्रसाद, बिहार बेतिया घर हुने वर्ष ४२ का मुमताज मिँया, कोलकाता मेडनापुर घर हुने वर्ष ५० का शेख मुर्तुजा अलि, धनुषाको जनकपुर-१३ घर हुने वर्ष ३२ का राज कुमार सिंह र बाराको बारागढी-६ घर हुने वर्ष ३७ का टिन्कु प्रसादलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सो क्रममा प्रहरीले पाँच लाख सत्तरी हजार बराबरको ३९० वटा क्यासिनो क्वाईन, नौ लाख बराबरको चेक ३ थान, खुल्ला तास १५ बुक, ग्रिन गोल्ड र प्लाटिनम कार्ड ३ थान, पैसा गन्ने मेशिन १ थान पनि बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell