PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

तानातानमा ने क पा'का सांसद, दुबै पक्षले बोलाए संसदीय दलको बैठक



पहिलोपोस्ट

तानातानमा ने क पा'का सांसद, दुबै पक्षले बोलाए संसदीय दलको बैठक

काठमाडौँः आन्तरिक विवाद चुलिँदै गएको बेला नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन्। बहुमतमार्फत दलको नेता परिवर्तन गर्ने र टिकाउने खेलमा रहेका दुबै समूहले सबै सांसदहरुलाई बैठकमा उपस्थितिका लागि म्यासेजबाट सूचित गरेका छन्।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओली पक्षले शनिबार ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाएको छ। प्रमुख सचेतक विशाल भट्टराईले सबै सदस्यहरुलाई उपस्थितिका लागि म्यासेजमार्फत सूचित गरिसकेका छन्।

यस्तै, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले पनि शुक्रबार नै संसदीय दलको बैठक बोलाएको छ। यसअघि संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका देवप्रसाद गु्रुङले नै बैठकको सूचना सांसदहरुलाई दिएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै ने क पाको विवाद संसद् केन्द्रित भएको छ। आन्तरिक समीकरण अनुसारका दुबै गुट बहुमत सिद्ध गर्ने प्रयत्नमा छन्। यद्यपि कुनै पनि समूहले संसदीय दलमा अहिलेसम्म बहुमत जुटाउन सकेको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell