PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

रुपन्देहीमा अर्थमन्त्रीको कार्यक्रमको मञ्च भत्काएका स्थानीय प्रदर्शनमा, भने, ‘यो बालुवाटार होइन रुपन्देही हो’



पूजा पन्थी

रुपन्देहीमा अर्थमन्त्रीको कार्यक्रमको मञ्च भत्काएका स्थानीय प्रदर्शनमा, भने, ‘यो बालुवाटार होइन रुपन्देही हो’

बुटवल : अर्थमन्त्री बिष्णु पौडेलले गृहजिल्ला रुपन्देहीमा आएसँगै शिलान्यास र उद्घाटनमा ब्यस्त छन्।

शुक्रवार १२:३० बजेको सेड्युल अनुसार मोतिपुर औधोगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहे पनि स्थानीयले विरोध तथा नाराबाजी गरिरहेका छन्।

विरोधमा स्थानीयले ‘अर्थमन्त्री मुर्दाबाद, बिष्णु पौडेल चोर हो, बालुवाटार होइन रुपन्देही हो’ नारा लगाएका छन्।

कार्यक्रमस्थलमा सुरक्षाकर्मीहरुको पनि बाक्लै उपस्थिति रहेको छ।

त्यहीँ क्षेत्रमा बसिरहेका स्थानीयले सम्मानजनक स्थानान्तरणको माग गर्दै आएका छन्।

यसैको विरोधमा विहीवार स्थानीयले मन्च भत्काइदिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell