PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

पर्यटन विकास आयोजनाका इन्जिनियर ५० हजार घुससहित पक्राउ



निशा गुरुङ

पर्यटन विकास आयोजनाका इन्जिनियर ५० हजार घुससहित पक्राउ

हेटौंडा : बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ मा धादिङमा पर्यटन विकाससम्बन्धी काम गर्दा ठेकेदार कम्पनीले राखेको धरौटी वापतको रकम फिर्ता माग गर्दा इन्जिनियर लामिछानेले रकम फिर्ता गराउन ५० हजार घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। 

उनीविरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा चलाइने अख्तियारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell