PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

कांग्रेस र प्रचण्ड-माधव समूहको संसदीय दलको छुट्टाछट्टै बैठक जारी, ओली समूहमा खुलेका सांसद पनि उपस्थित



पहिलोपोस्ट

कांग्रेस र प्रचण्ड-माधव समूहको संसदीय दलको छुट्टाछट्टै बैठक जारी, ओली समूहमा खुलेका सांसद पनि उपस्थित

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

संसद पुनर्स्थापना भइसकेपछि आइतवार बस्ने संसद बैठकका लागि एजेण्डा तथा आगामी रणनीति बनाउन दुबै दलको बैठक बसेको हो।

कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बसिरहेको छ भने नेकपा दाहाल-नेपालको सिंहदरबारमा चलिरहेको छ।

दाहाल-नेपाल समूहको बैठकमा केपी ओली समूहमा खुलेकी सांसद माया ज्ञवाली सहभागी भएकी छन्। ज्ञवालीले यसअघि दाहाल-नेपाल समूहले आफ्नो हस्ताक्षर दुरूपयोग भएको बताएकी थिइन्।

कांग्रेसले आजै निर्णय गरे दाहाल-नेपाल समूहले संयुक्त अविश्‍वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell