PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सरकार र विप्लवबीच सहमति हुन कति समय लाग्यो?



पहिलोपोस्ट

सरकार र विप्लवबीच सहमति हुन कति समय लाग्यो?

काठमाडौं: प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेत्रविक्रम चन्द विप्‍लव समूहलाई वार्तामा ल्याउन ११ महिना लागेको बताएका छन्।

सरकारी वार्ता टोलीका सदस्य भट्टराईले सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै विगत ११ महिना अगाडिदेखि विभिन्न तह र माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष छलफल र सम्वाद अघि बढेको बताए।

‘सिंगो जनता र राजनीतिक शक्तिलाई एकताबद्ध बनाउने प्रयासअन्तर्गत प्रधानमन्त्री स्वयम् र महासचिव स्वयमले नेतृत्व लिनुभएको थियो,’ उनले भने।

फरक फरक कार्यदिशालाई एक ठाउँमा ल्याउन समय लागेको गत साउन भदौमा सघन वार्तामा पुगे पनि तत्कालीन राजनीतिक परिस्थितिले निरन्तरता पाउन नसकेको उनले बताए। ‘मंसिर पुस माघ ३ महिनामा अगाडि बढयौ। अहिले हामी तीन बुँदे सहमतिमा आइपुग्यौं,’ उनले भने।

भट्टराईले विप्लवसँग भएको ३ बुँदे सहमति पढेर सुनाए। समस्या वार्ता र सम्वादबाट समाधान खोज्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले प्रतिबन्ध हटाउन, कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell