PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीको आक्रोश : ‘यति सारो नग्नता हद भयो, आफ्नो दुई तिहाइ छिन्नभिन्न पार्ने, प्रधानमन्त्री हटाउन खोज्‍ने, अन्त प्रम लिइदिनुस् भनेर हिँड्ने’



पहिलोपोस्ट

ओलीको आक्रोश : ‘यति सारो नग्नता हद भयो, आफ्नो दुई तिहाइ छिन्नभिन्न पार्ने, प्रधानमन्त्री हटाउन खोज्‍ने, अन्त प्रम लिइदिनुस् भनेर हिँड्ने’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेले देश बर्बाद पार्न खोजेको आरोप लगाएका छन्।

राष्ट्रियसभा गृहमा आयोजित सरकार र विप्लव समूहको सहमतिमा हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, ‘केही मान्छेहरु बर्बादै पार्न खोज्छन् देशलाई। यो तिनीहरुको कुरा हो। संसदीको दलको बैठक बस्या भन्छन्। दलको नेता म यहाँ छु। कसरी बस्यो? उहाँहरु लाग्नुभएको छ मरिमेटेर। उहाँहरु तेस्तै हो। मलाई अचम्म पनि लाग्दैन। अचम्म के लाग्छ भने यति सारो यति नग्नताको हद पार गर्नुभयो कि आफ्नो पार्टीको दुई तिहाइ छिन्न भिन्न पार्ने, बहुमतको प्रधानमन्त्री हटाइ छोड्ने अनि अन्त प्रधानमन्त्री खाइदिनुस्, लिइदिनुस् भनेर हामी बनाउँछौं हिँड्ने?’

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउन संसद विघटन गरेको पनि जिकिर गरे। ‘देशलाई अस्थिरतातर्फ नजाऔ भनेर संसद विघटन गरेका थियौं। फिर्ता भएपछि तमासा सुरु भएको छ। यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला। भोग्नुपर्ला । तर यो देशमा हाम्रो पार्टी पनि छ। सरकार हटाउने उधम प्रयास भएको छ। २०७३ सालमा पनि सरकार ढालेका थिए । झ्यालबाट होइन मुल ढोकाबाट आउँछौं भनेका थियौं। नभन्दै २०७४ मा सिंहदरवारको मुल ढोका खोलेर आयौं,’ ओलीले भने।

पार्टीको विधानअनुसार अध्यक्ष महाधिवेशनबाट चुनिने भन्दै ओलीले ब्यांकेटबाट चुन्ने भनेर आक्रोश पोखे। ‘प्रधानमन्त्री निर्वाचनबाट आउने हो। जालझेल तिक्डमबाट आउने होइन। केही मान्छेले कम्युनिस्ट आन्दोलन बदनाम गरे पनि हुँदैन। अहिलेको सरकार विल्कुल सफल सरकार हो,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell