PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रचण्ड दोस्रोपटक दाहाल-नेपाल समूहको संसदीय दलको नेता चयन



पहिलोपोस्ट

प्रचण्ड दोस्रोपटक दाहाल-नेपाल समूहको संसदीय दलको नेता चयन

काठमाडौं: नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रोपटक संसदीय दलको नेता चयन गरेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ८ गते दाहाल-नेपाल समूहले ओलीलाई हटाउँदै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो।

संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले पुस ५ पछिका विघटन सम्बन्धी सबै निर्णय खारेज गरेपछि पुस ८ को निर्णय पनि अवैध भएको थियो।

आज सिंहदरवारमा बसेको दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले दोस्रोपटक प्रचण्डलाई दलको नेता चयन गरेको हो।

प्रचण्डलाई सो समूहका अध्यक्ष माधव नेपालले प्रस्ताव गरेका थिए भने समर्थक पम्फा भुसाल थिइन्।

दाहाल नेपाल समूहले बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी गरेको छ। हस्ताक्षर भने सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell