PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेकपा नाम विवादमा सर्वोच्चले आइतवार फैसला सुनाउने



पहिलोपोस्ट

नेकपा नाम विवादमा सर्वोच्चले आइतवार फैसला सुनाउने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले आइतवार फैसला सुनाएको भएको छ।

फागुन २० गते विहीवार निर्णय सुनाउने मिति तोकिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्चसहित सबै अदालतमा दिइएको शोक विदाले फैसला सरेको थियो।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन १३ गते सुनुवाइ सकेको मुद्दाको फैसला सुनाउने मिति अब आइतवारलाई तोकिएको हो।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको थियो। लगत्तै ऋषि कट्टेलले नेकपा नाममा दावी गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए।

नेकपा ओली समूहमा भने नेकपा खारेज गरिदिए उदाउँदो सूर्य अगाडि बढाउन सकिने चर्चा चुलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell