PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो



पहिलोपोस्ट

पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

काठमाडौं : मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं श्वास फेर्न थालेका छन्।

नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको हो।

उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि जोशीले सामान्य रुपमा श्वास फेर्न थालेका छन्। ‘यो भनेको अनपेक्षित सुधार हो,’ डा. झाले भने, ‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन।’

सोमबार बिहानदेखि जोशीलाई मेसिनले श्वास फेराउने कामलाई घटाउँदै लगिएको थियो। अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो।

सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो। तर, बिहीबार साँझदेखि जोशीले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन्। तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाइ छ।

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) गरिएको थियो। यहीकारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell