PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सुनिल क्षेत्रीले ल्याए 'चौका दाउ...', अभिनयमा गीता ढुंगानासँग जोडी



पहिलोपोस्ट

सुनिल क्षेत्रीले ल्याए 'चौका दाउ...', अभिनयमा गीता ढुंगानासँग जोडी

काठमाडौं : निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा निर्माण भएको लोकदोहोरी गीत 'चौका दाउ...' सार्वजनिक भएको छ।

गायिका शान्तिश्री परियार र गायक कृष्णबाबु परियारको स्वरमा रहेको 'चौका दाउ...'मा विजय चन्द दर्पनको शब्द छ। कृष्णबाबुले नै संगीत भरेका छन्।

दमौली आसपास छायांकन गरिएको गीतको भिडिओमा सुनिल क्षेत्रीसँगै मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ।

दिपक गिरीको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो। बिजय चन्द दर्पनको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको भिडिओको सम्पादन अमृत चापागाईंले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell