PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ढुंगा प्रहार गर्दै कार्यक्रममा अवरोध भएपछि अर्थमन्त्री पौडेलले भने, ‘विकासमाथि राजनीति गरियो’



पहिलोपोस्ट

ढुंगा प्रहार गर्दै कार्यक्रममा अवरोध भएपछि अर्थमन्त्री पौडेलले भने, ‘विकासमाथि राजनीति गरियो’

बुटवल : रुपन्देहीको मोतिपुरमा आफूमाथि ढुंगा प्रहार भएपछि अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आएर पत्रकार सम्मेलनको आयोजना गरेको छन्।

कार्यक्रम अवरोध भएपछि बीचमै छोडेर हिँडेका अर्थमन्त्री पौडेलले घटनाको निन्दा गरेका छन्। उनले पर्दा पछाडिबाट औद्योगिक विकास रोक्ने चेष्ठा भएको बताउँदै कुनै पनि विकासका कार्यक्रमहरुलाई राजनीतिकरण नगर्न आग्रह गरे।

अर्थमन्त्री पोडेलले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा औद्योगिक व्यवस्थापन लिमिटेडका नाममा रहेको बताउँदै विकासका काममा बाधा पुर्‍याउने ब्यक्तिहरुलाई बाहिर ल्याउन अनुरोध गरे।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले औद्योगिक विकासको योजना शुरु गरेको बताउँदै यसमा सबैको समन्वय हुनु आवश्यक रहेको बताए। उनले रुपन्देहीको मोतिपुरमा आउँदा ठेस लागे पनि यो कार्यले निरन्तरता पाउने बताए। उनले यो क्षेत्र जसरी पनि बन्ने दाबीसमेत गरे।

औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले शुक्रबारको प्रदर्शनमा पूर्व कृषि मन्त्री तथा सांसद घनश्याम भुसालको हात रहेको आरोप लगाएका छन्।

उनले कार्यक्रम रोक्नको लागि गएराती पनि आफूलाई फोन गरेर चेतावानी दिएको बताउँदै पूर्वमन्त्री भुसालको नेतृत्वमा यो काम भएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell