PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

वामदेव निवास भैँसेपाटी किन पुगे प्रधानमन्त्री ओली?



पहिलोपोस्ट

वामदेव निवास भैँसेपाटी किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतम निवास पुगेका छन्। अध्यक्ष ओली तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ गौतम निवास भैँसेपाटी पुगेका हुन्। 

गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार ओली र नेम्वाङ साँझ करिब सात बजे गौतम निवास पुगेका हुन्। राजनीतिक ध्रुवीकरण बढिरहेका बेला प्रधानमन्त्री यसअघि पनि डिनरका लागि भन्दै गौतम निवास पुगेका थिए। 

पार्टी एकीकरणको पक्षमा भन्दै ने क पाको कुनै पनि समूहतिर नखुलेका गौतमलाई भेट्न प्रधानमन्त्री पुगेका हुन्। 

पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल पक्षले दोस्रो पटक संसदीय दलको नेताबाट हटाएलगत्तै ओली गौतम निवास पुगेका हुन्। गौतमका स्वीकय सचिव टमटाले भेट राजनीतिक नभएको दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell