PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अन्तर्राष्ट्रिय महिला दिवसमा अग्रपंक्तिमा खटिएका १३ स्वास्थ्यकर्मीलाई सम्मान गरिने



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय महिला दिवसमा अग्रपंक्तिमा खटिएका १३ स्वास्थ्यकर्मीलाई सम्मान गरिने

विराटनगर: प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गर्ने भएको छ।

कोभिड १९ को महामारीमा अग्रपङ्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मान गर्ने भएको हो। झापा मोरङ सुनसरी धनकुटा र उदपुर लगायतका ५ जिल्ला १३ स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गरिने मन्त्रालयका सामाजिक विकासमहाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्।

संक्रमणको जोखिम मोली कोभिड अस्पताल, ल्याव र विशेष अस्पतालमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरिने शुक्रवार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताइन्।

महाशाखा प्रमुख बरालका अनुसार मन्त्रालय र सामाजिक संघ/संस्थाहरुको आयोजनामा दिवस मनाईने उक्त दिवसमा फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने र्याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुनेछ। भने साँझ विराटनगर ट्राफिक चौकमा दिप प्रज्वलन गरि कार्यक्रम समापन गरिनेछ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस ‘महिलाको सुरक्षा, सम्मान रोजगार: समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell