PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओली समूहले भन्यो : प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन



पहिलोपोस्ट

ओली समूहले भन्यो : प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रमा आपत्ति जनाएको छ।

प्रचण्डले फागुन १७ गते संघीय संसद सचिवालयमा बुझाएको पत्रमा ओली समूहले आपत्ति जनाउँदै पत्रको कानुनी आधार, औचित्य र प्रभाव हुन नसक्ने जिकिर गरेको छ।

ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै प्रचण्डले पठाएको पत्रको वैधानिकतामाथि प्रश्न उठाएका हुन्।

पार्टीको बैठकले मान्यता पाउन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गर्नुपर्ने र पार्टीको आधिकारीक पत्रमा दुबै अध्यक्षले हस्ताक्षर गर्नुपर्ने भन्दै भट्टराईले प्रचण्डको पत्रले मान्यता नपाउने उल्लर्ख गरेका छन्।

भट्टराईले ओली समूह आधिकारीक भएकाले भ्रममा नपर्न संसद सचिवालयको ध्यानाकर्षण समेत गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell