PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

१४ वर्षअघि अपहरण गरेर  फिरौती रकम नदिए भारत  लगेर बेच्ने धम्की दिएका दास समातिए



राधेश्याम पटेल

१४ वर्षअघि अपहरण गरेर  फिरौती रकम नदिए भारत  लगेर बेच्ने धम्की दिएका दास समातिए

वीरगंजः बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ।

बाराको साबिक नरही गाविस–९ बेलाही टोल बस्ने जगदीश दासलाई प्रहरीले पक्राउ गरेको हो। दासलाई शुक्रवार बिहान करैयामाई गाउँपालिका–८ बाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार २०६३ को मङ्सिर २१ गते साँझ ७ बजे काठमाडौँबाट आएको बा २ ख ६४१ नम्बरको बसलाई करैया पुलमा दास सहितका ४ जना व्यक्तिहरूले कटुवा बन्दुक देखाई रोकेका थिए।

उनीहरूले बस व्यवसायी खोटाङ,साबिक दिक्तेल गाविस २ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ बस्ने ताराकुमार खत्रीलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र घडी लुटपाट गरेका थिए। खत्रीलाई दासको घरमा बन्धक बनाइ उनीहरूले फिरौती मागेका थिए।

फिरौती रकम नदिए भारतमा लगेर बेच्ने धम्की दिएको भन्दै दाससहित ४ जनाविरुद्ध खत्रीले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए।

मानव बेचबिखन तथा ओसार(नियन्त्रण) ऐन, २०६४ अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ। मुख्य अभियुक्त दास पक्राउ परे पनि अन्य तीन जना भने फरार छन्। अन्य फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell