PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

भोलि बिहान प्रम ओलीले लगाउँदै कोभिड १९ विरुद्धको खोप



रासस

भोलि बिहान प्रम ओलीले लगाउँदै कोभिड १९ विरुद्धको खोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतवार कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउने भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए।

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ। सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell