PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कांग्रेस सभापति देउवाको बोली : सरकारको नेतृत्व गर्न हतार छैन



पहिलोपोस्ट

कांग्रेस सभापति देउवाको बोली : सरकारको नेतृत्व गर्न हतार छैन
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन्।

विपी स्मृति सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधारणसभा सभापति देउवाले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविक रुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ।  सरकारको नेतृत्व गर्न हतार छैन। कोसिस पनि छैन ।”

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्ने भन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । नेता पौडेलले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु कांग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ कांग्रेस।”

महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell