PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वीरगंजमा साइकल दौड प्रतियोगिता,पुरुषमा आशिष,महिलामा कृतिले मारे बाजी



पहिलोपोस्ट

वीरगंजमा साइकल दौड प्रतियोगिता,पुरुषमा आशिष,महिलामा कृतिले मारे बाजी

वीरगंज: ग्यालेक्सी युथ क्लबले आज प्रथम खुला महिला तथा पुरुष साइकल रेस प्रतियोगिताको आयोजना गरेको छ।

वातावरण र स्वास्थ्यको उपयुक्त साइकल भन्ने नाराका साथ वीरगंजको घण्टाघरबाट सुरु भएको साइकल रेस प्रतियोगितामा पुरुषतर्फ आशिष कुमार बैठा प्रथम, नरेश कुमार द्वितिय र अबधेश गुप्ता तृतिय भएका छन। भने महिला तर्फ कृति पटेल प्रथम,प्रियंका गुप्ता द्वितिय र कुसुम खातुन तृतिय भएकी छिन।

कार्यक्रमका बिजेताहरुलाइ नेपालि कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया,जनार्दन सिंह क्षेत्री,पर्सागढि नगरपालिकाका मेयर लोकनारायण यादव लगायतले नगदसहित कदर पत्र प्रदान गरेका थिए। कार्यक्रम क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। प्रथमले ११ हजार, द्वितियले ५ हजार १ सय र तृतियले ३ हजार १ सय नगद पुरस्कार पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell