PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मुस्कान खातुनलाई पुरस्कृत गरेकोमा अमेरिकालाई राष्ट्रपति भण्डारीको धन्यवाद



पहिलोपोस्ट

मुस्कान खातुनलाई पुरस्कृत गरेकोमा अमेरिकालाई राष्ट्रपति भण्डारीको धन्यवाद

काठमाडौं : एसिड आक्रमणविरुद्धको अभियानमा सक्रिय रहेवापत अमेरिकाले मुस्कान खातुनलाई 'अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार' प्रदान गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले खुशी प्रकट गरेकी छिन्।

एसिड आक्रमणजस्तो जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लाग साहसिक अभियान सञ्चालन गरेकी किशोरी मुस्कानलाई पुरस्कार प्रदान गरेकोमा उनले अमेरिकी सरकारलाई धन्यवाद प्रकट गरेकी हुन्। 

आज ट्विटमा राष्ट्रपति भण्डारीले लेखेकी छिन्, 'एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद!'

खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्लुओसी) पुरस्कार प्रदान गरिने भएको हो। नेपालस्थित अमेरिकी मिसनको पहलमा एसिड पीडित खातुनलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। मुस्कान यो सम्मान पाउने पहिलो नेपाली हुन्। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले मार्च ८ मा भर्चुअल कार्यक्रममार्फत् मुस्कान सहित अन्यलाई उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell