PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बोइज युनियनको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बोइज युनियनको संघर्षपूर्ण जित
तस्बिर: एन्फा

काठमाडौं : शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा बोइज युनियन क्लबले टुसाल युवा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा युनियनले १-० को साँघुरो जित निकालेको हो।

बोइज युनियनको जितमा मिलन लिम्बुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले खेलको ७२ औं मिनेटमा गोल गरे।

जितसँगै १० खेलबाट १७ अंक जोडेको युनियन तालिकाको चौथो स्थानमा यथावत छ। तेस्रो स्थानमा रहेको बाँसबारी क्लब १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै पराजय ब्यहोरेको टुसाल १० खेलबाट ९ अंक जोड्दै तालिकाको ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell