PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

दार्चुलामा जीप दुर्घटनाः तीन जनाको मृत्यु, चार घाइते



एम बम

दार्चुलामा जीप दुर्घटनाः तीन जनाको मृत्यु, चार घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्डअन्तर्गत उचाकोटमा भएको दुर्घटनामा सवारी चालक करन नाथसहित पदम पन्त र सुनादेवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग १ च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना भएको हो। दुर्घटनामा जीपमा सवार बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र वसन्त पन्त घाइते भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell