PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सानिमा हाईड्रोपावरको सुरुङमार्गमा पुरिएर २ जनाको मृत्यु



पहिलोपोस्ट

सानिमा हाईड्रोपावरको सुरुङमार्गमा पुरिएर २ जनाको मृत्यु

विराटनगर : ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामी रहेका छन्। उनीहरु दुवै सुरुङमार्ग खन्ने मजदुर हुन्।

शनिवार दिउँसो करिब ३ बजे काम गरिरहेको अवस्थामा माथिबाट ढुंगा र माटो खसी किचेको थियो। र उनीहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell