PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक, हल्याण्डको दोहोरो गोलको बावजुत डर्टमण्ड पराजित



पहिलोपोस्ट

बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक, हल्याण्डको दोहोरो गोलको बावजुत डर्टमण्ड पराजित
Photo: Reuters

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डमाथि उत्कृष्ट पुनरागमन जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बायर्नले डर्टमण्डमाथि ४-२ गोलअन्तरले जित निकालेको हो।

खेलको सुरुवाती दश मिनेट भित्रै डर्टमण्डले दुई गोल गरिसकेको थियो। खेलको दोस्रो र नवौं मिनेटमा अर्लिङ हल्याण्डले डर्टमण्डका लागि गोल गरेका थिए। तर घरेलु टोली पहिलो हाफमै पुनरागमन गर्न भने सफल रह्यो। खेलको २६ औं मिनेटमा गोल गरेका रोबर्ट लेवान्डोस्कीले ४४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल थप्दा पहिलो हाफ २-२ को बराबरीमा रोकियो।

त्यस्तै लिओन गोरेट्जगाले ८८ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाउँदा त्यसको दुई मिनेटभित्रै लेवान्डोस्कीले गोल थप्दै ह्याट्रिक पुरा गरे।

जितसँगै तालिकाको शीर्षस्थानमा रहेको बायर्नले २४ खेलबाट ५५ अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको लाइप्जिगको ५३ अंक छ। त्यस्तै छैटौं स्थानको डर्टमण्डको २४ खेलबाट ३९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell