PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओसासुनामाथि बार्सिलोनाको जित



पहिलोपोस्ट

ओसासुनामाथि बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनामाथि जित निकालेको छ। एल सदर स्टेडियमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा जोर्डी अल्बाले गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा इलाइक्स मोरिबाले गोल थपे। उनले खेलको ८३ औं मिनेटमा मेस्सीकै पासमा गोल गरेका थिए।

जितसँगै बार्सलोनाले शीर्षस्थानको एट्लेटिको मड्रिडसँग अंकदुरी घटाएको छ। २६ खेलबाट ५६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने २४ खेलबाट ५८ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell