PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मेयर कप एकदिवसीय क्रिकेटमा आज दुई खेल, वाग्मती प्रदेशलाई काठमाडौं मेयर ११को चुनौती



पहिलोपोस्ट

मेयर कप एकदिवसीय क्रिकेटमा आज दुई खेल, वाग्मती प्रदेशलाई काठमाडौं मेयर ११को चुनौती
फाइल फोटो

काठमाडौं: काठमाडौं मेयर कपमा आज दुई खेल हुँदैछन्। मुलपानी क्रिकेट मैदानमा हुने खेलमा वाग्मती प्रदेश र काठमाडौं मेयर ११ भिड्ने छन्। त्यस्तै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र एपीएफ भिड्नेछन्।

वाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रने छ भने काठमाडौं मेयर ११ सन्दीप लामिछानेको कप्तानीमा उत्रने छ। वाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजय ब्यहोरेको थियो। काठमाडौं मेयरको भने प्रतियोगितामा यो पहिलो खेल हो।

उता प्रतियोगिताको पहिलो खेलमै जित निकालेका नेपाल पुलिस र एपीएफ दोस्रो जितको खोजिमा हुनेछन्। पुलिसले पहिलो खेलमा वाग्मती प्रदेशलाई २ रनले हराएको थियो भने आर्मीले एपीएफले आर्मीलाई १ विकेटले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell