PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कोरोनाविरुद्धको खोप लगाउन शिक्षण अस्पताल पुगे प्रधानमन्त्री ओली

कोरोनाविरुद्धको खोप लगाउन शिक्षण अस्पताल पुगे प्रधानमन्त्री ओली

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोनाविरुद्धको खोप लगाउन प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका छन्।

ओली केही बेर अघि शिक्षण अस्पताल पुगेका हुन्। उनले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु हुने छ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ।

अभियान शुरु गर्नका लागि शिक्षण अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले पनि पुगेका छन्। करिब १६ लाख ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप प्रदान गर्ने लक्ष्य सरकारको रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell