PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशलाई दियो २ सय ४५ रनको लक्ष्य, कप्तान सन्दीपको आक्रामक ब्याटिङ



पहिलोपोस्ट

काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशलाई दियो २ सय ४५ रनको लक्ष्य, कप्तान सन्दीपको आक्रामक ब्याटिङ

काठमाडौं: काठमाडौं मेयरकप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं मेयर ११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनायो। जसमा कप्तान सन्दीप लामिछानेले विस्फोटक ब्याटिङ गरे। उनले २० बलमा ६ छक्काको सहयोगमा ४२ रन जोडे। त्यस्तै सिद्धान्त लोहनीले ३४ र सन्दीप रजालीले ३३ रन बनाए। त्यस्तै काठमाडौं मेयर ११ को स्कोर उकास्न सौरभ खनालले सर्वाधिक ४९ रन बनाउँदै अभिजित रहे।

बलिङतर्फ वाग्मतीका नन्दन यादवले सर्वाधिक ४ विकेट लिँदा अरियो पौडेल र रामनरेश गिरीले समान २/२ विकेट लिए।त्यस्तै दीपेश श्रेष्ठले १ विकेट लिए।

वाग्मती केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

आजै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा नेपाल पुलिस क्लब र एपीएफ प्रतिस्पर्धा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell