PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

दीपेन्द्रसिंह ऐरीको शतकमा नेपाल पुलिसको विसाल योगफल



पहिलोपोस्ट

दीपेन्द्रसिंह ऐरीको शतकमा नेपाल पुलिसको विसाल योगफल
तस्बिर : क्यान

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको हो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ११ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १४० रन बनाए। जारी प्रतियोगितामा यो पहिलो शतक हो। राष्ट्रिय स्तरको प्रतियोगितामा ऐरीको यो पहिलो शतक हो।

त्यस्तै पवन सर्राफले ३५ रन बनाउँदा सुनिल धमलाले ३३ रन बनाए। त्यस्तै अनिल साहले १८ रन बनाउँदा कुशल भुर्तेलले १० रन जोडे।

बलिङतर्फ शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिँदा अभिनास बोहोराले २ र अमर रौटेला १ विकेट लिए।

एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

आजै मुलपानीमा जारी अर्को खेलमा वाग्मती प्रदेश र काठमाडौं मेयर ११ भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell