काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूहले संसदीय दलको नेतामा प्रचण्ड चयन भएको जानकारी संसद सचिवालयलाई गराएको छ।
आज पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसको पूर्वसन्ध्यामा संसदीय दलको नेता प्रचण्ड चयन भएको औपचारिक जानकारी संसदलाई दिएको हो। यसैगरी सभामुखलाई पनि यसबारे जानकारी दिने तयारी छ।
संसदका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेर दाहाल नेपाल समूहले संसदीय दलको नेता चयन भएको जानकारी गराएको हो।
केही बेर अघि बसेको दाहाल नेपाल समूहको संसदीय दलको बैठकले औपचारिक जानकारी गराउने तय गरेको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल नेपाल समूह आन्दोलनमा उत्रिएको थियो। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक ठहर्याएपछि आज पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दैछ।
