PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसद सचिवालयमा असहज दृश्य, महासचिव गौतमलाई सांसदको प्रश्न : के सेटिङमा चलेको हो?



पहिलोपोस्ट

संसद सचिवालयमा असहज दृश्य, महासचिव गौतमलाई सांसदको प्रश्न : के सेटिङमा चलेको हो?
फोटो : संसद सचिवालय

काठमाडौं : संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले आलटाल गरेपछि पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ संसदका महासचिवको कार्यकक्षमा छन्।

संसदका महासचिव भरतराज गौतमले परामर्श गरेर मात्र अगाडि बढ्ने तथा कानुन बुझेरमात्र काम गर्ने भन्दै सूचना दर्तामा आलटाल गर्न थालेपछि सांसदहरु आक्रमण रुपमा प्रस्तुत भएका छन्।

उनीहरुले महसचिव गौतलमलाई प्रश्न गरेका छन् - सेटिङका कारण दर्ता नगरेको हो?

प्रतिनिधिसभा बैठकको पूर्व सन्ध्यामा संसद सचिवालयमा असहज दृष्य देखिएको हो। दाहाल नेपाल समूहका सांसदहरु आफैँ उपस्थित भएर हस्ताक्षर प्रमाणिकरण गर्न थालेका छन्। 

आज बसेको आन्दोलनरत नेकपाको संसदीय दलको बैठकले संसद सचिवालयल र सभामुखलाई संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएको औपचारिक जानकारी गराउने निर्णय गरेको थियो। 

संसद सचिवालयका महासचिव भरतराज गौतमले भने 'परामर्श गरेर अगाडि बढ्ने' र 'कानुनी रुपमा बुझेर मात्र काम गर्ने बताउँदै' पत्र दर्ता नगरेको सांसद अञ्जना विशंखेले जानकारी गराइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल दुई समूहमा विभाजित भएको थियो। विघटनविरुद्ध प्रचण्ड-नेपाल समूह आन्दोलनमा समेत उत्रिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदम गैर संवैधानिक ठहर गर्दै प्रतिनिधिसभा ब्युँताएपछि आज पहिलो पटक बैठक बस्दैछ। 

आज प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याइने चर्चा भए पनि तत्कालका लागि त्यो टरेको छ।

सत्तारुढ दलभित्रको खिचातानीका कारण आजको प्रतिनिधिसभामा सबैको ध्यान खिचिएको छ। प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आएमा फेस गर्ने बताएका छन्। निर्वाचन आयोगले नेकपाभित्रको विवादको विषयलाई नसुल्ट्याउँदा अझै यस प्रकरणले लामो समय लिने सम्भावना बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell