PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रतिनिधिसभा बैठक सुरु हुन डेढ घन्टा बाँकी हुँदा परामर्शमा जाने भन्दै कार्यकक्षबाट निस्किए संसदका महासचिव



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक सुरु हुन डेढ घन्टा बाँकी हुँदा परामर्शमा जाने भन्दै कार्यकक्षबाट निस्किए संसदका महासचिव

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु हुन डेढ घन्टा बाँकी रहँदा परामर्शका लागि भन्दै संसद सचिवालयका महासचिव भरतराज गौतम आफ्नो कार्यकक्षबाट बाहिरिएका छन्।

गौतम आफ्ना कानुनी सल्लाहकारसँगै बाहिरिएका हुन्। आज ४ बजेका लागि संसद बैठक डाकिएको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा सर्वोच्च अदालतले त्यसलाई उल्ट्याएपछि पहिलो पटक बैठक बस्ने तयारी हुँदैछ।

संसदीय दलको नेता परिवर्तनको सूचना संसद सचिवालयले दर्ता नगरेपछि दवाव बढ्दै गएको छ। 

सूचना दर्ता गर्न संसद सचिवालयले आलटाल गरेपछि पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ संसदका महासचिवलाई भेट्न पुगेका थिए। 

महासचिव गौतमले परामर्श गरेर मात्र अगाडि बढ्ने तथा कानुनी बुझेरमात्र काम गर्ने भन्दै सूचना दर्तामा आलटाल गर्न थालेपछि सांसदहरु आक्रमण रुपमा प्रस्तुत भएका छन्। उनीहरुले महसचिव गौतमलाई सेटिङका कारण दर्ता नगरेको हो? भन्दै प्रश्न समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell