PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१४ औं संस्करणको आईपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बइ र बेङ्ग्लोर भिड्ने



पहिलोपोस्ट

१४ औं संस्करणको आईपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बइ र बेङ्ग्लोर भिड्ने

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आईपीएल गभर्निङ काउन्सिल आइतवार जारी गरेको तालिका अनुसार पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन मुम्बइ इण्डियन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर भिड्ने छन्।

प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नइ, दिल्ली, मुम्बइ र कोलकतामा हुनेछन्। पहिलो खेलमा अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियम-नरेन्द्र मोदी स्टेडियम- मा ९ अप्रिल २०२१ मा मुम्बइ र बेङ्ग्लोर भिड्ने भएका छन्।

त्यस्तै प्रतियोगिताको अन्तिम खेल ३० मेमा सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell