PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो



पहिलोपोस्ट

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ।

यसै विषयमा प्रतिक्रिया दिँदै नेता दाहालले भने, 'हामीले अपेक्षा गरेको भन्दा फरक आएको जस्तो लागेको छ।'

दाहालले फैसलाको पूर्ण रुपमा जानकारी लिएपछि मात्र थप टिप्पणी गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell