PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित



एम बम

लिटल फ्लावर प्रिमियर लिग : शारदाको दोस्रो जित

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा शारदा स्कुलले दोस्रो जित निकालेको छ। आइतवार भएको खेलमा विद्या भूषणलाई ४ विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो।

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको विद्या भुषणले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो। उसका लागि शेर मल्लले ४३ र कप्तान विरेन्द्र नाथले ३८ रन बनाए।

शारदाका कुम्बा देउवाले ३ तथा अविशेक पाल र सिफ्टेन अन्सारीले २/२ विकेट लिए।

विद्या भुषणले दिएको १ सय ३४ रनको लक्ष्य शारदाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो। शारदाको जितमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले। उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए।

विद्या भुषणका नरेन साउदले ३ विकेट लिए।

आजको खेलमा शारदा विजयी भएसंगै शारदा र विद्या भूषणको समान ४ अंक भएको छ। भोलि हुने त्रिनगर मावि र लिटल फ्लवारबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङगो लाग्नेछ। लिटल फ्लवारले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने त्रिनगरले दुबै खेल गुमाएको छ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। विजेताले १ लाख २० हजार पाउने छन्। यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell