PahiloPost

May 16, 2026 | २ जेठ २०८३

ऐरीको शतकको बावजुद नेपाल पुलिस पराजित, एपीएफको लगातार दोस्रो जित



पहिलोपोस्ट

ऐरीको शतकको बावजुद  नेपाल पुलिस पराजित, एपीएफको लगातार दोस्रो जित
तस्बिर : क्यान

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत कीर्तिपुरमा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब एपीएफसँग पराजित भएको छ। रोमञ्चक खेलमा एपीएफले १ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १ बल बाँकी छँदा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ११ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १४० रन बनाए। जारी प्रतियोगितामा यो पहिलो शतक हो।त्यस्तै पवन सर्राफले ३५ रन बनाउँदा सुनिल धमलाले ३३ रन बनाए। त्यस्तै अनिल साहले १८ रन बनाउँदा कुशल भुर्तेलले १० रन जोडे।

बलिङतर्फ शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिँदा अभिनास बोहोराले २ र अमर रौटेला १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६१ रन बनाउँदा सुबास खकुरेलले ५०, आशिफ शेखले ४२ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै सुमित महर्जन ३२ र कप्तान सरद भेषवाकर २० रनमा अभिजित रहे।

बलिङतर्फ पवन सर्राफ एक्लैले पाँच विकेट लिए पनि पुलिसको हारलाई टार्न सकेनन्।

प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो भने पुलिसको पहिलो हार हो। पहिलो खेलमा एपीएफले नेपाल आर्मी क्लबलाई र पुलिसले वाग्मतीलाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell