PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाग्मतीमाथिको सानदार जितमा सन्दीपको उत्कृस्ट प्रदर्शन: ब्याटिङमा छ छक्का, बलिङमा ३ विकेट

वाग्मतीमाथिको सानदार जितमा सन्दीपको उत्कृस्ट प्रदर्शन: ब्याटिङमा छ छक्का, बलिङमा ३ विकेट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशमाथि सानदार जित निकालेको छ।

मुलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं मेयर ११ ले वाग्मतीमाथि ९४ रनको सानदार जित निकालेको हो।

काठमाडौं मेयर ११ को जितमा कप्तान सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वाग्मती प्रदेशले पराजय ब्यहोरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४४ रन बनायो। जसमा कप्तान सन्दीप लामिछानेले विस्फोटक ब्याटिङ गरे। उनले २० बलमा ६ छक्काको सहयोगमा ४२ रन जोडे। त्यस्तै सिद्धान्त लोहनीले ३४ र सन्दीप रजालीले ३३ रन बनाए। त्यस्तै सागर खनालले अभिजित ४९ रन बनाउँदै स्कोर उकासेका थिए।

बलिङतर्फ वाग्मतीका नन्दन यादवले सर्वाधिक ४ विकेट लिँदा अरियो पौडेल र रामनरेश गिरीले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीको लागि पृथु बास्कोटाले ६० रन बनाउन बाहेर अन्य खेलाडीको ब्याटिङ खास जम्न सकेन। त्यसबाहेक कप्तान ज्ञानेन्द्र मल्ल र इशान पाण्डेले समान १७/१७ रन बनाउँदा आदिल खानले १५ र पारस खड्काले १० रन जोडे।

बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिँदा विपिन खत्री र अनिल खरेलले समान २/२ विकेट लिए। त्यस्तै कृष्ण कार्की र सिद्धान्त लोहनीले समान १/१ विकेट लिए। 

जारी प्रतियोगितामा पहिलो खेलमै काठमाडौले जित निकालेको हो भने वाग्मतीले लगातार दोस्रो हार ब्यहोरेको हो। अघिल्लो खेलमा वाग्मतीले नेपाल पुलिससँग हार ब्यहोरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell