PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

दलहरुको अवरोधपछि संसद बैठक बुधवार १ बजेसम्मका लागि स्थगित



पहिलोपोस्ट

दलहरुको अवरोधपछि संसद बैठक बुधवार १ बजेसम्मका लागि स्थगित

काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बुधवार १ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।

राष्ट्रपतिबाट हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान भइ आइतवार अपराह्न बैठक बसेको थियो। बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाइएको थियो भने दिवंगत पूर्व तथा वर्तमान सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो।

शोक प्रस्तावपछि सरकारले ल्याएका अध्यादेश प्रस्तुत गर्ने विषय कार्यसूचीमा राखेको भन्दै नेकपाको दाहाल-नेपाल समूहले विरोध गरेको थियो। बैठक बहिष्कार गरेर हिँडेको थियो। कानुनमन्त्री लिलामणि श्रेष्ठले अध्यादेश प्रस्तुत गरेपछि कांग्रेसले रोस्टममा आएर नाराबाजी गरेको थियो।

कांग्रेसको नाराबाजीका बीच सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरे। दोस्रो बैठक बसेन। २६ गते १ बजे अर्को बैठक बस्नेगरी स्थगित गरे।

आजको बैठकमा सांसदहरु भीम रावल, पुष्पा भुसाल, बालकृष्ण खाँड बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7fd1d8db0d95.60288748): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7fd1d8db0d95.60288748,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293