PahiloPost

May 16, 2026 | २ जेठ २०८३

ओली सरकार अल्पमतमा परेको भन्दै कमल थापाले भने : काँग्रेसले चुनावको बाटो खोल्नपर्‍यो



पहिलोपोस्ट

ओली सरकार अल्पमतमा परेको भन्दै कमल थापाले भने : काँग्रेसले चुनावको बाटो खोल्नपर्‍यो

काठमाडौं : राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको जनाउँदै राजीनामा दिने वा विश्वासको मत लिने अवस्थामा पुगेको जनाएका छन्। 

सर्वोच्च अदलतले नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको रहेको फैसला दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि थापाले ट्विट गर्दै काँग्रेसले नयाँ निर्वाचनका लागि बाटो खोल्नुपर्ने तर्क अगाडि सारका हुन्। 

'नेकपा सम्बन्धि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ वा राजीनामा दिनुपर्छ,' थापाले लेखेका छन्, 'यस अवस्थामा अपवित्र गठबन्धन बनाउन अस्वीकार गरी काँग्रेसले नयाँ चुनावको बाटो खोलिदिनुपर्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell